काठमाडौं- नेपालगंजबाट काठमाडौं जाँदै गरेको बसमा लुकाएर सुन ल्याउने एलिस ढकाल पक्राउ परेका छन्।
Advertisement
कैलाली टिकापुर नगरपालिका-४ बस्ने २३ वर्षीय एलिस ढकाल ५०२ ग्राम सुनसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा-२ नागढुङंगा चेक प्वाइन्टमा नेपालगंजबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०३-००१ ख ००९९ नम्बरको यात्रुवाहक चेकजाँच गर्नेक्रममा ढकाललाई पक्राउ गरिएको हो।
अन्तिम सिटमा बसेको उनले झोलाभित्र कालो रङंको टेपले बेरी लुकाएर सुन ल्याएको भेटिएको एसपी अधिकारीले बताए।
उनको साथबाट बरामद भएको सुन नियन्त्रणमा लिई प्रहरी वृत थानकोटबाट थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।









