राप्ती नदीले बगाउँदा युवतीको मृत्यु

 

दाङ । दाङमा राप्ती नदीले बगाउँदा राजपुर गाउँपालिका-३ कालिपुरूवाकी १६ वर्षीया विद्यावती यादवको मृत्यु भएको छ।

Advertisement

बुधबार बेलुका सवा ६ बजे लमही नगरपालिका-८ बाट घर फर्किने क्रममा राप्ती नदीमा भौँसी तार्ने क्रममा बगेर बेपत्ता भएकी थिइन्। खोजी गर्ने क्रममा उनको शब बिहीबार बिहान साढे ८ बजे लमही-८ धनपुरूवास्थित राप्ती नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी इश्वर थापाले जानकारी दिए।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु