काठमाडौँ/ईकान्तिपुर — आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा मान्छन्, इन्टर मिलानविरुद्धको १–० आफ्नो क्लबका लागि स्वीकार्नै गाह्रो हार हो । यस्तो किनभन्दा आर्सनलले दाबी गरेका दुई पेनाल्टीको माग पूरा भएन । तर उल्टै आर्सनल इन्टरको पेनाल्टीमा पराजित रह्यो ।
खेलको एकमात्र गोल पहिलो हाफ सकिन लाग्दा भयो । यो पेनाल्टीबाट हाकान चालहाल्नुलोले गोल गरे । आर्टेटाको तर्क थियो, इन्टरले पाएको पेनाल्टीमा त्यो निर्णय आवश्यक छैन ।
Advertisement
तर आर्सनलले पाउनुपर्ने दुई पेनाल्टी निर्णय भने टोलीको पक्षमा रहेन । अर्को प्रिमियर लिग क्लब एस्टन भिल्ला भने पराजित रह्यो । यससँगै प्रतियोगितामा टोलीको लगातार तीन खेलको जित यात्रामा पूर्णविराम लाग्यो ।








