रकम असुलि गर्ने दुई रिक्सा चालक पक्राउ

 

धनगढी । शुक्रबार गौरीफन्टा नाकाबाट आइरहेका गोदावरी नगरपालिका-२ अत्तरिया बस्ने २७ वर्षीय लोकेन्द्र ओझाबाट केही रकम लिएको आरोपमा दुई जना अटो रिक्सा चालकलाई प्रहरिले पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका-३ मिलनचोक बस्ने २५ वर्षीय मनोज बहेडी र धनगढी-२ चौराह बस्ने ३१ वर्षीय करन बोहरा रहेका छन् ।

उनीहरूले ओझाबाट नेपालतर्फका सुरक्षाकर्मीलाई पैसा दिनुपर्छ भनेर दुई हजार भारतीय रूपैयाँ लिएको पाइएपछि दुवै जनालाई सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म त्रिनगरको टोलीले पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु