बागलुङ पिकअप भ्यान दुर्घटनाः मृतक पाँच जनाकै पहिचान खुल्यो

 

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘ग २ च ९२४७ ‘पिकअपभ्यान’ आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएका सबैको पहिचान खुलेको छ ।
प्रहरीका अनुसार मृत्युहरुमा जैमिनी नपा–०८ केवई बस्ने जिप चालक ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँ बस्नेहरु २० वर्षीय रश्मी श्रीष, ५० वर्षीय नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुल प्रसाद श्रीष रहेका छन् । दुर्घटनामा जैमिनी नपा ०८ केवई बस्ने ४५ वर्षीय गंगाबहादुर श्रीष घाइते भएका छन् ।

Advertisement

भ्यान सडकदेखि एकसय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु