धनगढी । बाख्रा चोरीको आरोपमा कुटपीट गरिएका कैलाली गौरीगंगा नगरपालिका–११ का ३० वर्षीय सुरेश भुलको मृत्यु भएपछि प्रहरीले पाँच जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बाख्रा चोरी गरेको आरोप लगाउँदै सुरेशमाथि २४ कात्तिकमा निर्घात कुटपिट भएको थियो ।
Advertisement
उनको कैलालीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो ।
पक्राउ पर्नेमा गौरीगंगा–११ की ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भुल, एक १८ वर्षीय किशोर, २३ वर्षीय विशाल विक र ३० वर्षीय धर्म विकलाई पक्राउ गरिएको हो । युवतीसहित पाँच जनालाई सोमबार बिहान इलाका प्रहरी कार्यालय, मसुरियाको टोलीले पक्राउ गरेको हो । उनीहरूमाथि मुद्दा चलाएर अनुसन्धान अगाडि बढाइएको छ ।









