भैरहवा । सहकारीको रकम अपचलन गरेको आरोपमा छानबीनका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि भैरहवा पुर्याइएको छ। उनीमाथि बुटवलको सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो।
Advertisement
मंगलबार मध्याह्न १२ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रवि लामिछाने बोकेको बुद्ध एयरलाइन्सको जहाज उडेको हो।
उक्त जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण भएको हो। अवतरण भएसँगै लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रूपन्देही लग्ने तयारी छ।
उनलाई त्यहाँबाट सरकारी वकिल कार्यालय रूपन्देहीमा उपस्थित गराई बयान लिने प्रहरीको तयारी छ।









