उपनिर्वाचनः ठाकुरबाबा नगरपालिका वडान ४ मा ३५१० मतदाता

बर्दिया। मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली स्वीकृत गरेको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका वडान ४ मा ३५१० मतदाता रहेका छन् । १६७१ महिला र १८३९पुरुष मतदाता रहेका छन् । दुई वटा बुथ तोकिएको छ भने ५ मतदान स्थल तोकिएको छ ।

प्रमुख निर्वाचन अधिकृतमा बर्दिया जिल्लाका न्यायाधीश मनोज श्रेष्ठलाई तोकिएको छ ।
उक्त वडामा नागरिक उन्मुक्ति पार्टी, कांग्रेस, एमाले र माओबादीका उम्मेदवार निर्वाचनमा होमिएका छन् । यसअघ उक्त वडामा कांग्रेसका सुर्य विष्ट वडा अध्यक्षमा निर्वाचित भएका थिए । तर, उनी जिल्ला समन्वय समितिको संयोजक बनेपछि वडाध्यक्ष रिक्त भएको थियो । मतदाता कायम भएका छन् ।

Advertisement

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु