बर्दिया — बाँसगढीका हरिबहादुर बुढामगरको हत्या गरी बाँसगढी नगरपालिका–२ स्थित काटकुवा खोलामा फालेको आरोपमा सोही ठाउँका ३७ वर्षीय लक्षमण चन्दलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार चन्दले मगरको हत्या गरी गत असोज २८ गते खोला फालेका थिए । बेवारीशे अवस्थामा शव फेला पारेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो ।
Advertisement
बुढामगरका छोरा मनोजले चन्दको नाममा किटानी जाहेरी दिएपछि पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।









