मधुवनको नेरामा बिद्यालयमा पढाई निशुल्क, दैनिक सय रुपैयाँ भत्ता

 

बर्दिया — मधुवन नगरपालिका—४ ढोढरीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले प्रि डिप्लोमा तहको २४ महिने सिभल तथा इलेक्ट्रिकल औद्योगिकतर्फ अध्ययन गर्न चाहने विद्यार्थीलाई सबै शुल्क मिनाहा गरेको छ । न्यस्तै बिद्यार्थी आकर्षित गर्न अध्ययन गर्न आएका दिन दैनिक सय रुपैयाँ यातायात र खाजा खर्च उपलब्ध गराउने भएको छ ।

Advertisement

सिभिल तर्फ २० र इलेक्ट्रिकलका २० विद्यार्थीलाई १ सय रुपैया उपलब्ध गराउनका साथै सबै शुल्क मिनाहा गरिने प्रधानाध्यापक पूर्णचन्द्र पोखरेलले बताए ।

सीटीईभीटीद्वारा सञ्चालित दिगो तथा रोजगारीका लागि ईन्सोर परियोजनाबाट निःशुल्क र यातायात र खाजा खर्च उपलब्ध गराइएको हो । प्राविधिक शिक्षामा विद्यार्थीले बढी रुचि लिउन भन्दै यातायात र खाजा खर्च उपलब्ध गराउन लागिएको विद्यालय प्रशासनले जनाएको छ । ईकान्तिपुरका अनुसार

विद्यालयमा विद्यार्थीले साढे तीन महिना प्राविधिक ज्ञान लिई बाहिर काम गर्नेछन । साढे तीन महिनापछि सिभिल तर्फका विद्यार्थीले घरको गारो र भित्ता बनाउने काम सिक्नछन् । उनीहरुले स्टिमेट देखि सडक निर्माण गर्न सक्ने शिक्षा दिने प्रधानाध्यापक पोखरेलले बताए । प्रशिक्षित विद्यार्थीले विद्यालयका अध्ययन सँगै निर्माण व्यवसायीले आवश्यकता अनुसार काम दिए वापत् उनीहरुलाई दैनिक ज्याला दिनु पर्ने छ । इलेक्ट्रिक तर्फ हाउस वायरिङ,पंखा,पानी तान्ने मोटर,फ्रिज मर्मत गर्न सक्ने विद्यालयका शिक्षक भोजराज भुषालले बताए । उनीहरले साढे तीन महिनामा विद्युत पोलमा तार जडान सम्बन्धी प्रशिक्षण पाउने पाउने छन् ।

 

नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय,ढोढरीका डिप्लोमा ,इलेक्ट्रिकल तर्फ अध्धयन गरि रहेका विद्यार्थीले एलइडी बल्ब उत्पादन गर्दै आएका छन् ।

२०२५ सालमा प्राथमिक विद्यालयका रुपमा स्थापित यस विद्यालय २०३२ सालमा निम्न माध्यमिक विद्यालय ,२०४० सालमा माध्यमिक हुँदै ०६४ सालमा साविक उच्च माध्यमिक विद्यालय भएको थियो । २०७३ सालमा सीटीईभिटीद्वारा सम्बन्धन प्राप्तपछि प्राविधक शिक्षा कार्यक्रम सञ्चालन भएको हो । तीन यस वर्ष अघि लुम्बिनी प्रदेश सरकारले जिल्लाकै उत्कृष्ट विद्यालय पुरस्कारबाट पुरस्कृत गरेको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु