बर्दिया । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य कार्यालय नेपालगन्जले धान खरिद गर्न ढिलाई गरेपछि यहाँका किसानहरु सस्तोमै बिक्री गर्न बाध्य भएका छन् । धान खरिद गर्ने सरकारी प्रक्रिया निकै झन्झटिलो भएका कारण ढिलाई भएको हो । तर हिउँदे खेतिका लागि किसानले बीउ मल किन्न बिक्री गर्न बाध्य भएका हुन । किसानहरुले धान बिक्री गरिसकेपछि लिमिटेडले धान खरिद गर्न सुरु गर्छ । जसका कारण किसानले श्रम अनुसारको मुल्य पाएका छैनन् । यो वर्ष ४१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य छ ।
Advertisement
सरकारले धानको मुल्य तोकेर लिमिटेडलाई पत्राचार गर्नु पर्ने नियम छ । लिमिटेडले यति परिणाममा धान किन्नु पर्ने परिपत्र गर्छ । धान बिक्रीका लागि किसानले स्थानीय सरकारको सिफारीस लिनु पर्ने बाध्यता छ । स्थानीय सरकारको सिफारीस दर्ता पेश गरेपछि लिमिटेडले धान खरिदका लागि किसानलाई समय दिईन्छ । धान बिक्रीका लागि सिफारीस लिनुपर्ने प्रक्रिया झन्झटिलो रहेको किसानको गुनासो छ ।
किसानलाई राम्रो मुल्य दिन धान किनेको दाबी गर्ने लिमिटेडले किसानहरुले बिक्री गरिसकेपछि खरिद गर्दा मुल्य नपाएका हुन । लिमिटेडले हरेक वर्ष खरिद गर्न ढिलाई गर्दा मुल्य नपाएको गुनासो किसानहरुको छ । समयमै खरिद नगर्दा हामी साना किसानले व्यापारीलाई धान बिक्री गरिसकेका छन् ।
स्थानले लिमिडेडले धान खरिद गर्न गाउँमा खरिद केन्द्र नराख्दा गाउँका किसान बिक्रीका लागि आउन सक्दैनन् । मलको मुल्य अत्याधिक रहेकाले खेती गर्न समस्या हुने गरेको छ । सरकारले दुई साताअघि धानको समर्थन मुल्य निर्धारण गरेको हो । व्यापारीहरुले आफू अनुकुल धान खरिद गरेपछि श्रम अनुसारको मुल्य नपाएको उनीहरुको गुनासो छ । बर्दियामा एक दशकअघि ७५ हजार हेक्टर जग्गामा खेति हु‘दै आएको थियो । तर हाल भने घट्ने क्रममै छ । पछिल्लो तथ्यांकले करिव ४६ हजार हेक्टर जग्गामा धान खेति हुने देखाएको छ ।









