१३ दिनमा २५ करोड बढी कमायो पूर्णबहादुरको सारंगी, नेपाली फिल्ममा नयाँ रेकर्ड

 

काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले मंगलबारसम्म देशव्यापी २५ करोड ४ लाख रुपैयाँ कमाएको छ । यो रेकर्ड सर्वाधिक कमाउने नेपाली फिल्मको इतिहास बनेको छ । फिल्म १३ औँ दिन प्रदर्शन भइरहेको छ ।

Advertisement

यसअघि धेरै कमाउने फिल्ममा नाम लेखाएको ‘कबड्डी ४’को रेकड समेत ‘पूर्णबहादुरको सारङ्गी’ले तोडेको हो । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले मंगलबार मात्र २ करोड ५ लाख रुपैयाँ कमाएको बताएको छ ।

फिल्मले सर्वाधिक कलेक्सनको रूपमा मात्र इतिहास रचेन । सर्वाधिक शो पाउने, छोटो समयमा धेरै कमाउने लगायत विभिन्न रेकड समेत कायम गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु