उपनिर्वाचनः काठमाडौंमा मा‌ओवादी र एसबीच चुनावी तालमेल गर्ने सहमति

काठमाडौं । १६ मंसिरमा हुने उपनिर्वाचनमा चुनावमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गर्ने सहमति गरेका छन् ।

उनीहरूबीच काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जन र काठमाडौं महानगरपालिका १६ को वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार मीनबहादुर मानन्धरलाई सघाउने सहमति भएको हो ।

Advertisement

शनिबार माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले चुनावी तालमेलबारे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु