हत्या गरेको अभियोगमा पक्राउ

झापा-   बाह्रदशी गाउँपालिका-५ फुलबारी बस्ने ४५ वर्षीय गंगालाल माझीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय मान कुमार राजवंशीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

राजवंशीले वादविवादको क्रममा फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका माझीको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फुलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Advertisement

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु