बर्दियाको मधुवनमा हात्तीले ४ दिनमा ८ वटा घर भत्कायो

बर्दिया —मधुवन नगरपालिका–१ स्थित कैलाशीमा चारदिन यता बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले आठ घर भत्काएको छ । राति १ देखि ३ बजे सम्म हात्तीले मध्यवर्ती क्षेत्रमा आतंक फैलाउन थालेपछि यहाँका बासिन्दा रातभर जाग्राम बस्न थालेको दुःखेसो पोखेका छन् ।

मधुवन नगरपालिका–१ का वडाध्यक्ष मीन थापाले चार दिनयता स्थानीय यज्ञराज शाही,चन्द्र बहादुर खडका,प्रेमकला सुनार,युवराज गोरखधामी,खम्बशाही लगायत आठ जनाको कच्ची घर हात्तीले भत्काएको बताए ।

Advertisement

हात्तीको आतंकका कारण स्थानीय निकै त्रसित भएका छन्,’उनले भने,‘रात पर्न साथ मानिसहरु घर छाडेर अन्यत्र सुरक्षित स्थानमा जाने गरेका छन् । हात्ती धपाउन बर्दिया निकुञ्ज,राष्ट्रिय प्रकृति संरक्षण कोष,निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेनालगायत स्थानीय रातभर गस्ती गर्दै आएका छन् । तर हात्तीलाई नियंत्रण गर्न सकेका छैनन् ।’

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले हात्तीले आतंक फैलाएपछि त्यसलाई नियन्त्रण गर्न सबै निकाय परिचालित भएको बताए । बर्दिया निकुञ्जमा करिब १ सय २० वटा हात्ती रहेको अनुमान छ । ईकान्तिपुर

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु