एसियाड खेलकुदः कबड्डीमा नेपालले पदक जित्ने पक्का

 

१५ असोज, हान्झाउ । १९औं एसियाडमा पहिलो पटक सहभागिता जनाएको नेपालको महिला कबड्डी टिमले सोमबार बंगलादेशलाई ३७।२४ हराएपछि कबड्डीमा पदक जित्ने सम्भावना बलियो भएको छ ।

Advertisement

 

पहिलो खेलमा नेपालले जित हात पारेपछि सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको हो । अब अर्को खेलमा इरानले बंगलादेशलाई हराएमा नेपाल यस समूहबाट सेमिफाइनल पुग्नेछ र सेमिफाइनल पुग्ने टिमले कम्तीमा कांस्य पदक जित्नेछ ।

एक्सएसजी स्पोर्ट्स सेन्टरमा नेपालले बंगलादेशविरुद्ध पहिलो हाफमा २१(१६ को अग्रता लिएको थियो । दोस्रो हाफमा पनि लय कायम राख्दै नेपालले १६(८ को अग्रता लिएर खेल जितेको हो ।

नेपालले समूह ए को दोस्रो तथा अन्तिम खेल मंगलबार इरानसँग खेल्नेछ । इरान र बंगलादेशबीचको खेल भने बुधबार हुनेछ ।

समूह बी मा भारत, थाइल्याण्ड, दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् ।

नेपालले १९औं एसियाडको दशौं दिन जारी रहँदा अहिलेसम्म कुनै पदक जित्न सकेको छैन । पदकविहीन हुने चिन्ता बढिरहेको बेला महिला कबड्डीमा नेपालले पदकको आशा राखेको हो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु