पूर्वसभामुख ढुंगानाको निधन: शोकमा आज सार्वजनिक बिदा दिने निर्णय

 

काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

Advertisement

 

ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो ।

ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने सञ्चार मन्त्री गुरुङले जानकारी दिए ।

ढुंगानाको निधनको शोकमा आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ।

अन्त्येष्टिअघि सानो गौचरणमा बिहान साढे ११ बजे हुने श्रद्धाञ्जली सभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन् ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु