बाँकेका संविधानसभा सदस्य सिद्दिकीको निधन

बाँके । संविधानसभा सदस्य ६० वर्षीय हाजी अब्दुल हमीद सिद्दिकी (भोला) को अचानक मुटुमा सस्या देखिएपछि अस्पताल लैजाँदै गर्दा निधन भएको छ ।

नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालानिकट रहेर संगठनमा काम गरेका सिद्दिकी मुस्लिम समुदायमा शिक्षाको पहुँचका लागि निरन्तर आवाज उठाउँदै आएका थिए । उनले मुस्लिम समुदायमा हज गर्न जाने हजयात्रीका लागिसमेत काम गरेका थिए ।

Advertisement

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु