धनगढी- बझाङमा एक वर्षीया नाबालिकाको हत्या भएको छ । सुर्मा गाउँपालिका–१, नउलाकी एक वर्षीया बालिका गीता साउँदको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार हत्या आरोपमा ३२ वर्षीय प्रेमबहादुर बोहरालाई पक्राउ गरिएको छ ।
‘बोहराले नाबालिकाको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन्,’ उनले भने, ‘प्रेमबहादुर ती नाबालिकाका सौतेनी बुवा हुन् ।’ उनका अनुसार बोहराले मनकली साउँदलाई विवाह गरेर गत २२ भदौमा ल्याएका थिए । गीता मनकलीले बोहरासँग विवाह गर्नुअघि अछामको मंगलसेन नगरपालिका–३ का प्रेम साउँदसँग विवाह गरेकी थिइन् । गीता मनकली र प्रेम साउँदकी छोरी हुन् ।
Advertisement
प्रहरीका अनुसार मनकला र हत्या आरोपी बोहराबीच २ मंसिरमा विवाद भएको थियो । विवादकै क्रममा बोहराले नाबालिकाको घाँटी थिचेर हत्या गरेका हुन् । घटनाबारे प्रहरीलाई भने ३ पुसको साँझ मात्रै जानकारी प्राप्त भएको प्रहरी निरीक्षक ठगुन्नाले बताए । अहिले सात दिनको म्याद थप गरेर बोहरामाथि अनुसन्धान भइरहेको उनले बताए । शिलापत्र ।









