स्थानीय तह उपनिर्वाचनः आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

 

काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको अन्तिम नामावली प्रकाश गर्ने भएको छ ।

Advertisement

योगका अनुसार आजै उम्मेदवारी फिर्ता लिने र त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने चुनावी कार्यतालिका रहेको छ । उम्मेदवारलाई आजै दिउँसो ३ बजेदेखि ५ बजेसम्म निर्वाचन चिह्नसमेत प्रदान गरिने आयोगले जनाएको छ ।

मतदान भने मंसिर १६ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने छ ।

यस ४४ पदका लागि भएको मनोनयनमा जम्मा दुईवटा उजुरीमात्रै परेको थियो ।

उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता भएको थियो । ३३ जिल्लाका ४४ पदमा हुने उपनिर्वाचनका लागि ४१० जनाको उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु