बढैयातालमा ३५ औं अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता

 

६ मंसिर बढैयाताल , यूवा संजाल बढैयातालले बक्तृत्वकला प्रतियोगिताको आयोजना गरि ३५ औं अन्तर्राष्ट्रिय बाल दिवसको मनाएको छ ।

Advertisement

२० नोभेम्बर अर्थात मंशिर ५ गतेका दिन बढैयाताल गाउँपालिकाको समन्वय र बाके यूनेसको क्लबको सहयोगमा भविष्य लाई सुनौ भन्ने मुल नाराका साथ बक्तृत्वकला प्रतियोगिताको आयोजना गरि ३५ औं अन्तर्राष्ट्रिय बाल दिवस मनाएको हो ।
विश्वभरका बालबाललिकाको अधिकारको सुनिश्चितता होस भन्ने उद्देश्यले मनाइने दिवसको अवसर पारेर युवा संजाल बढैयातालले पनि “मर्यादिद महिनावारी ( हामी सबैको जिम्मेवारी भन्ने वियषयकमा मा.बि. स्तरिय बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।


प्रतियोगितामा भगवति सस्कृति तथा साधारण मा.बि तिलकाना , ज्ञान ज्योति मा.बि. छत्रनगर , सरस्वती मा.बि. जगतिया , भवानी मा.बि. सिमरा , ने.रा. मा.बि. पडेरिया , र ने.रा. मा.बि. गोब्रेपुरका छात्र छात्राले प्रतियोगितामा भाग लिएका थिए ।

प्रतियोगितामा भगवति सस्कृति तथा साधारण मा.बि तिलकानाका छात्र बिकास अधिकार प्रथम , ज्ञान ज्योति मा.बि. छत्रनगरकी छात्रा खिमा गन्दर्भ द्धितिय , सरस्वती मा.बि. जगतियातका छात्र निश्चल परियार तृतिय भएका हुन भने सान्तोना पाउनेमा भवानी मा.बि. सिमराकी छात्रा तृसना रेग्मी रहको निर्णायक मण्डलकी संयोजक तथा शिक्षा शाखाकी प्रतिनिधी बिमला गुरुङ्गले जानकारी दिएकी हुन । प्रतियोगितामा प्रथम , द्धितिय , तृतिय र सान्तोना हुने सहभागि बिद्यार्थी लाई पुरस्कार स्वरुप स्टेशनरी प्रदान गरिएको सहयोगि सस्थाका बाके युनेस्को क्लब बढैयातालका सुपरभाइजर राम बहादुर थारुले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभाबाट सन १९८९ को २० नोभेम्बरमा बाल अधिकार सम्बन्धी पारित भएको महासन्धीको नेपाल पक्ष राष्ट भएको पनि ३४ वर्ष पुरा भएर ३५ औ वर्षमा प्रबेश अगरेका अवसरमा आयोजित उक्त दिवसको कार्यक्रम स्वत स्र्फतरुमा पालिका स्तरिय युवा संजालले प्रतियोगिताको आयोजना गरेको हो ।यूवा संजालकी अध्यक्ष स्वस्तिका खड्काको अध्यक्षतामा तथा बढैयाताल गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष शुक्रराज सापकोटाको प्रमुख आत्यिमा भएको कार्यक्रममा बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष तथा बिशिष्ट अतिथि लक्ष्मी अधिकारी , शिक्षक कमल नाथ सुवेदी , गोचाली युवा क्लबका अध्यक्ष सिद्धान्त थारु लगाएतले युवा संजाल द्धारा आयोजित कार्यक्रमको प्रशंसा सहितको धारणा राखेका थिए ।

कार्यक्रममा वडा नम्बर ६ का सदस्य गोबिन्दराम थारु , स्थानिय बिद्यालयका शिक्षक , बिद्यार्थी , युवा संजालका सदस्यहरु लगाएतको सहभागिता रहेको कार्यक्रमको संचालन युवा संजालकी सचिब प्रतिक्षा न्यौपाने र स्वागत कपिल परियारले गरेका संजालले जनाएकाे छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु