बर्दियामा मलको हाहाकार

बर्दिया । अन्नको भण्डा मानिने बर्दियामा हिउँदे बाली लगाउने चातारो छ । तर बर्दियामा भने मलको हाहाकार भएको छ । कृषि सामाग्री संस्थान कम्पनी लिमिटेड बर्दियामा मलको छैन छ । किसानहरु मल पाउने आशमा दैनिक गुलरिया पुग्ने गरेका छन् ।

तर माग अनुसार लिमिटेका अधिकारीहरुले मल नभएको भन्दै रित्तो हात फर्काउँदै आएका छन् । बर्दियाका लागि कम्तिमा पनि युरिया १२ हजार टन, युरिया १० हजार टन र पोटास ४ सय टन आवश्यक पर्छ । तर माग अनुसारको मल भने कृषि सामाग्रीले उपलब्ध गराउन सकेको छैन ।

Advertisement

भारतमा पाईने रसायनिक मल ल्याउन रोक लगाइएको र नेपाली मल खरिद गर्न नपाउ‘दा किसान समस्यामा परेका हुन । भारतीयभन्दा नेपाली मलको मुल्य बढी पर्छ । कृषि सामाग्रीका अनुसार केन्द्रबाट मल खरिद गरेर नपठाउ‘दासम्म अभाव भइरहने छ ।

लिमिटेडले कृषि सहकारीलाई बिक्री गर्ने र सहकारीले किसानलाई मल उपलब्ध गराउदै आएका छन् । बर्दियाका ९५ सहकारीले मल बिक्री गर्ने अनुमति पाएका छन् । कृषि सामाग्रीका अधिकारहरुका अनुसार मुलुकभरीका लागि सात लाख मेट्रिक टन मल आवश्यक पर्छ । सरकारले भने भने तीन लाख मेट्रिक टनका लागि बजेट छुट्याउने गरेका कारण समस्या हुने गरेको हो ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु