बर्दिया- गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ३० वर्षीय अनिल गोडिया र सोही नगरपालिका-२ बस्ने ३५ वर्षीयविकास विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।









