बाँके निकुन्जमा सोमबारदेखि टाईमकार्ड लागू

 

नेपालगन्ज — सवारीसाधन दुर्घटनामा बन्यजन्तु मृत्यु हुने घटनालाई कम गर्न बाँके राष्ट्रिय निकुन्ज भित्र पर्ने पूर्वपश्चिम राजमार्गमा सोमबारदेखि टाईमकार्ड लागू भएको छ । निकुञ्जका अनुसार बाँकेको राप्तीसोनारी गाउँपालिका ८ स्थित शम्शेरगञ्जको ओभरीदेखि कचनापुर जिरो प्वाइन्ट (खैरी चेक पोष्टं) सम्म टाइमकार्ड लागू गरिएको हो । निकुञ्ज क्षेत्रभित्र १५ किलोमिटरको दुरीमा टाइमकार्ड लागू गरिएको छ ।

Advertisement

निकुञ्ज क्षेत्रमा सवारीसाधान र वन्यजन्तु पनि सवारी दुर्घटनाको उच्च जोखिममा परेको भन्दै निकुञ्ज आसपासमा
टाइमकार्ड लागू गरिएको हो ।

बाँके निकुञ्ज बर्दिया, दाङ र सल्यान गरी तीन जिल्लासँग जोडिएको छ । बाँके राष्ट्रिय निकुञ्ज पाँच सय ५० वर्ग किलोमिटर फैलिएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु