अपांगता पहिचान शिविर वाट १ सय ६४ जना बालबालिका लाभान्वित

७ मंसिर , बढैयाताल बढैयातालमा संचालित अपांगता पहिचान तथा स्वास्थ्य परिक्षण शिविर वाट १ सय ६४ जना बालबालिका लाभान्वित भएका छन् ।

प्लान इन्टरनेश्नल नेपालको सहयोगमा बाके युनेस्को क्लब द्धारा संचालित अपांगता समावेशी शिक्षा कार्यक्रम अन्तरगत आयोजित बालबालिकाको अपांगता पहिचान तथा परिचय पत्र बितरण शिविर वाट १ सय ६४ जना बालबालिका लाभान्वित भएका हुन् ।

Advertisement


नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राबिधिक सहयोगमा बढैयाताल गाउँपालिकाले आयोजना गरेको शिविरमा नाक,कान घाटी सम्बन्धी ३५ जना , आखाँ सम्बन्धी ६७ जना , हाडजोर्नी सम्बन्धी १४ जना , मानसिक तथा मनोसामाजिक सम्बन्धी १४ जना फिजियो थेरापी सम्बन्धी १८ जनाको बिशेषज्ञ डाक्टरहरु वाट स्वास्थ्य परिक्षण गरिएको र अपांगताको मापदण्ड भित्र पर्ने १६ जना बालबालिका लाई अपांगता परिचय पत्र वितरण गरिएको महिला शाखा बढैयातालकी प्रमुख सुजता चौधरीले जानकारी दिइन ।

 

बाके युनेस्को क्लबले बढैयाताल गाउँ पालिका अन्तरगतका ११ वटा माध्यामिक बिद्यालयमा गरेको विद्यालयका बालबालिकाको कार्यगत सिमितता पहिचानको लागि गरेको स्क्रिनमा छनोट भएका बिद्यालयका बालबालिकाको स्वास्थ्य परिक्षणको गरिएको थियो ।

३ सय भन्दा धेरै बालबालिकाको स्क्रिन गरिएको भएता पनि करिब आधाले मात्र स्वास्थ्य परिक्षणको सेवा लिएका छन भने शिविर संचालन भएको स्थान देखि धेरै टाढा भएकोले सेवा लिन असमर्थ भएका हुन सक्ने अनुमान गरिएको छ ।
बढैयाताल गाउँ पालिकाकी उपाध्यक्ष तथा अपांगता परिचय पत्र वितरण समन्वय समितिकी संयोजक लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा तथा पालिकाका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यमा शिविर भएको हो ।


सारदा माध्यामिक बिद्यालय मैनापोखरमा भएको १ दिने शिविरमा कोहोलपर मेडिकल कलेज शिक्षण अस्पतालका हाडजोर्नी सम्बन्धीका डाक्टर व्रायन पोख्रेल , मानसिक सम्बन्धीका डा. सुदेश खनाल, नाक , कान घाटी सम्बन्धीका डा . उषा गौतम , शिक्षण अस्पताल नेपालगंजका आखाँ सम्बन्धीका डा. पवन विष्ट , पिलजियो थेरापिस्ट डा. खेमा भण्डारीले बिषयगतको सेवा प्रदान गरेका बाके युनेस्को क्लबकी लक्ष्मी चौधरीले जनाएकी छन् ।


शिविरमा बढैयाताल गाउँपालिका अन्तरगत वडाध्यक्षहरु , वडा सदस्यहरु , स्वास्थ्य शाखाका प्रमुख बिष्णु पौडेल , शिक्षा शाखाकी बिमला गुरुङ्ग परिचय वितरण समन्वय समितिका सदस्यहरु लगाएतको सहभागिता भएको शिबिरमा पुर्ण अशक्त बालक आयुष पठान लाई रातो परिचय पत्र प्रदान गरिएको महिला शाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु