नेपालगन्ज। सुशासन र कानूनको क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले निःशुल्क कानूनी परामर्श सेवाशुरु गरेको छ । आज सोमबार २५ डिसेम्बरका दिनमहिला हिंसाविरुद्धको १६ दिने अभियानअन्र्तगत यस वर्ष पनि संस्थाले निःशुल्ककानूनी परामर्श सेवाशुरु गरेको हो ।
आजनिशुल्क सेवालिनेमापहिलो सेवाग्राहीबाँके जानकीगाउँपालिका वार्ड नं. ३ इन्द्रगाउँका ५० बर्षिया रसिदावानो बेहना हुनुहुन्छ । विपन्नमहिला समेत रहनुभएकाउहाँलाई जिल्लाअदालतमा मुद्दा दर्ताकालागिमिसिलतयार गरि सहयोग गरिएको छ ।
आजदिनभरी तीनजनालाई निशुल्ककानूनी सेवाप्रदानगरिएको संस्थाकाअध्यक्षअधिबक्ताविश्वजिततिवारीले बताउनुभयो । उहाँकाअनुसार समुदायमा रहेकामहिला, गरिब, विपन्न, असहाय, मुस्लिममहिलाहरुलाई कानुनसंग सम्वन्धितविभिन्न सेवाहरु प्रदानगरिने छ । १६ दिने अभियानमाविशेष गरि महिलाको कानूनीअधिकारसंग जोडिएकाले उनीहरुको सवालमा पैरवी र सामाजिक सेवाको भावनाले उक्त सेवाप्रदानगरिने अध्यक्षअधिबक्तातिवारीले बताउनुभयो ।
Advertisement
संस्थाले विगतलामो समयदेखि समुदायकागरिब विपन्न, तथाअल्पसंख्यक समुदायकानागरिकहरुको कानूनीप्रक्रियाअन्र्तगत, निवेदन, जाहेरी, प्रतिउत्तर मुद्दालगायतको सेवाप्रदानगर्दै आएको कार्यकारी निर्देशक राकेशकुमार मिश्रले बताउनुभयो ।
संस्थाले कानूनको क्षेत्रमाविशेष कामगरिरहेकाले कानूनसंग सम्वन्धितविभिन्न सेवाहरु उपलब्ध गराउदै आएको छ । संस्थाले कानूनी परामर्शसंगै अन्य सरोकारवालानिकायसंगको समन्वयमा सचेतनामुलकअभियानमापनिजोडिएको छ ।
संस्थाले समुदायस्तरमापारलिगलमार्फत कानूनी सचेतनाअभियानपनि संचालनगरिरहेको छ । स्थानीयलाई कानूनको बारेमा सचेतना, उनीहरुको स्थानीय सरकारमापहुँच, सरोकारवालानिकायहरु जस्तै अदालत, प्रहरी, प्रशासनलगायतमा स्थानमाजान सहजीकरण गरिरहेको संस्थाकाअध्यक्षतिवारीले बताउनुभयो ।









