फुटहाबाट २.६ ग्राम ब्राउनसुगरसहित कोहलपुरका युबा पक्राउ

 

बर्दिया —प्रहरीले लागुऔषध ब्राउन सुगरसहित बाँकेको कोहलपुर नगरपालिका-२ शक्तिनगरका २९ वर्षीय कर्मजित शाहीलाई पक्राउ गरेको छ ।

Advertisement

 सीमा नाका बलैगाउँ हुँदै बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहास्थित पैदल आइरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा शाहिसंग २ ग्राम ६ सय मिलिग्राम उक्त पदार्थ फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सीमा नाका बलैगाउँ हुँदै बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहास्थित पैदल आइरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उनलाई २ ग्राम ६ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका शाहीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु