मोरङ — एमाले कोशीको नेतृत्व चयनका लागि मतदान सकिएपछि अपराह्नबाट मतगणना कार्य हुने भएको छ । प्रदेश कमिटीको अध्यक्षमा लेटाङ नगरपालिकाका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।
Advertisement
उपाध्यक्षमा चेम्जोङको मात्रै उम्मेदवारी दर्ता भएकोले उनी निर्विरोध निर्वाचित हुने भएका हुन् । सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामा, उपसचिवमा खोटाङका देउमान राई, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र मोरङका खेम नेपाली प्रतिस्पर्धामा छन् ।
दुई सय १५ सदस्यीय प्रदेश कमिटीका लागि उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङसहित ७३ जना निर्विरोध निर्वाचित भएका थिए तर निर्वाचन समितिले अौपचारिक घोषणाा गर्न बाँकी छ । दुई सय १५ सदस्यीय प्रदेश कमिटीका लागि भएको निर्वाचनमा ७३ जना निर्विरोध भएपछि १४२ पदका लागि ३१८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका निर्वाचन समितिले जनाएको छ ।









