काठमाडौँ । बर्दियाको ठाकुरबाबा नगरपालिका ४ मा वडा अध्यक्ष पदको लागि मतदान सुरु भएको छ । उक्त वडामा ३५१० मतदाता रहेका छ्न ।
Advertisement
यससंगै स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज निर्वाचन हुँदै छ । बिहान ७ः०० देखि सुरु भएको मतदान अपराह्न ५ः०० बजेसम्म मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा निर्वाचनका लागि गरिनुपर्ने आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।









