बेचबिखनको जोखिममा रहेका २९८ जनालाई नेपालगन्ज नाकाबाट उद्धार

 

नेपालगन्ज। मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनस्र्थापनागृह बाँकेले जोखिममा रहेका २९८ जनालाई नेपाल–भारत नाकाबाट उद्धार गरेको छ । सो संस्थाले नेपालगन्जस्थित मुख्य नाका जमुनाहसँगै जानकी, डुडुवा र नरैनापुर गाउँपालिकास्थित ग्रामीण क्षेत्रका नाकामा सूचना तथा परामर्श केन्द्रमार्फत मानव बेचबिखनविरुद्ध अभियान सञ्चालन गर्दै आएको शान्ति पुनस्र्थापनागृहका क्षेत्रीय संयोजक निर्मल सुवेदीले बताउनुभयो ।

Advertisement

उहाँले आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका विभिन्न नाकाबाट उद्धार गरिएका २९८ जनामध्ये पाँच जनालाई भारतबाट उद्धार गरिएको बताउनुभयो । उद्धार गरिएकामध्ये २५२ जनालाई अभिभावकको जिम्मा लगाइएको र ४२ जनालाई प्रहरीको रोहबरमा परिवारलाई हस्तान्तरण गरिएको शान्ति पुनस्र्थापनागृहका क्षेत्रीय संयोजक सुवेदीले बताउनुभयो । उहाँका अनुसार संस्थाले गत आवमा बेचबिखनको जोखिममा रहेका नौ हजार ८९६ महिला तथा बालबालिकालाई परामर्श दिएको छ । यो अवधिमा शान्ति पुनस्र्थापनागृहले मानव बेचबिखन अभियोगमा तीन वटा मुद्दा पनि प्रहरीमा दर्ता गरेको छ ।

बाँकेको मुख्य नाका जमुनाहमा मानव बेचबिखनविरुद्ध क्रियाशील धेरै संस्थाको परामर्श हुने भएकाले दलालले ग्रामीण क्षेत्रका नाकासमेत प्रयोग गर्ने गरेको बताउँदै क्षेत्रीय संयोजक सुवेदीले सबैभन्दा बढी जोखिममा १८ देखि २५ वर्ष उमेर समूहका रहेको तथ्यले देखाएको बताउनुभयो ।गोरखापत्र अनलाइन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु