मदिरा तस्करको गाडीले ठक्कर दिँदा सिरहामा सशस्त्र प्रहरीका सईको मृत्यु

 

सिरहा — सिरहामा मदिरा तस्करी गर्ने गिरोहको जिपको ठक्करबाट सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको मृत्यु भएको छ ।

Advertisement

 

सिरहा प्रहरीका अनुसार, नजिकैको बडहरी बेस क्याम्पमा कार्यरत यादवसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ८ जना सुरक्षाकर्मी ेले जिपलाई रोक्ने क्रममा बिहान ३ बजेको समयमा यादवलाई ठक्कर दिएर भागेको छ । ठक्करबाट गम्भीर घाइते भएका यादवलाई तत्कालै उपचार गराउन लहानस्थित प्रादेशिक अस्पताल लगिएको थियो । तर चिकित्सकले उनकोमृत घोषणा गरेका थिए ।

प्रहरी फरक(फरक स्थानमा खटिएकाले अन्य प्रहरीले टाढाबाट गाडी देखे पनि गाडीको नम्बर भने पहिचान गर्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु