बर्दिया — बर्दिया ठाकुरबाबा नगरपालिका ४ को वडाध्यक्षका लागि आइतबार भईररहेको उपनिर्वाचन शान्तिपुर्णंरुपमा जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म उपचुनावमा १ हजार ५ सय ४ मत खसेको छ
सुरक्षालाई मध्यनजर गरी सुरक्षामा कडाई गरिएको । मतदान केन्द्र स्थल आसपासका मुख्य हुलाकी सडक लगायतका ग्रामीण सडक शनिबार राति १२ बजेदेखि आइतबार साँझ ७ बजे बेलुकीसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट अनुमतिबाहेकका सवारी साधन आउजाउ बन्द गरिएको छ । उक्त वडामा कुल ३ हजार ५ सय १० मतदाता रहेका छन् । २ मतदान केन्द्र र ५ मतदान स्थल रहेको छ ।
Advertisement
वडा अध्यक्षका लागि कांग्रेसबाट अमिन थारु, एमालेका विष्णुप्रसाद देवकोटा, माओवादी केन्द्रका शेरबहादुर थारु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट वासुदेव शर्मा, राप्रपाका रत्नबहादुर शाही र नागरिक उन्मुक्ति पार्टीका प्रितीलाल थारु उम्मेदवार रहेका छन् ।
२०७९ मा यस वडाबाट कांग्रेसका सूर्यबहादुर विष्ट निर्वाचित भएका थिए । तर उनले वडाध्यक्ष पदबाट राजीनामा दिएर जिल्ला समन्वय समितिका प्रमुख भएपािछ उपनिर्वाचन भएको हो ।









