रोल्पाका ट्राफिक प्रहरी प्रमुख घुस रकमसहित पक्राउ

 

रोल्पा- . जिल्ला रोल्पा, जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकीले सवारी

Advertisement

साधनहरुलाई आवत/जावत गर्न सहजिकरण गरिदिए वापत घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज प्रहरी नायब

निरीक्षक ललित कुमार बुढाथोकीलाई सेवाग्राहीबाट रु.२५,०००।– (पच्चीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित रोल्पा नगरपालिका वडा नं. ४ स्थित निजको निवासबाट मिति २०८१।०८।१७ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु