सहकारी ठगीमा लामिछानेसँग चितवनमा बयान

 

चितवन — भरतपुरस्थित साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलनमा संलग्न रहेको उजुरीको छानबीन गर्न रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग चितवनमा बयान सुरु भएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर अनुसन्धानका लागि डेढ महिनाअघि पक्राउ परेका लामिछानेलाई काठमाडौंबाट जहाजमा मंगलबार ल्याएर बयान थालिएको हो ।

Advertisement

 

चितवन–२ का सांसदसमेत रहेका लामिछानेविरुद्ध मध्याह्न १२ बजे सुरु भएको बयान साढे ४ बजेसम्म चलेको थियो । बुधबार बिहानैबाट बयान लिइने तयारी छ ।

साहारा चितवन सहकारीमा सर्वसाधारणले गरेको बचतबाट १० करोड ८० लाख १८ हजार १ सय ५१ रुपैयाँ नियमविपरीत गोर्खा मिडिया प्रालिमा लगिएको उजुरीमा उल्लेख छ । रकम प्रवाह भएका बेला लामिछाने गोर्खा मिडियामा सेयर सदस्य, सञ्चालक तथा प्रबन्ध निर्देशक थिए ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु