विराटनगर । सुनसरी प्रहरीले गाँजासहितको गाडी नियन्त्रणमा लिन धरानमा चार राउण्ड गोली चलाएको छ । प्रहरीले ६९० किलो गाँजासहित दुई वटा गाडी नियन्त्रणमा लिएको हो । दुई गाडीका चालक मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
धनकुटाबाट गाँजा लिएर धरान तर्फ आउँदै गरेको गाडी रोकेर चेकजाँच गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।