एनपीएलः करण केसीको विस्फोटक ब्याटिङमा कर्णालीमाथि काठमाडौंको रोमाञ्चक जित

 

 

Advertisement

नेपाल प्रिमियर लिग (एनपीएल) को बुधबारको पहिलो खेलमा कर्णाली याक्समाथि काठमाडौं गुर्खाजले ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । कर्णालीका कप्तान करण केसीले १० बलमा २८ रन बनाएपछि काठमाडौंले जित हात पारेको हो । उनले सुमित महर्जनसँग छैटौं विकेटका लागि ४५ रनको साझेदारी गरेपछि खेल काठमाडौंको पक्षमा गएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले काठमाडौं गोर्खाजलाई १५० रनको लक्ष्य दिएको थियो । तर, काठमाडौंले ७ विकेटको क्षतिमा १९ ओभर बलमा जित हात पारेको हो । काठमाडौंका लागि जेराड इरामसले ३८ रन बनाए भने सुमित महर्जनले नटआउट ४० रन बनाए ।

कर्णालीका लागि सोमपाल कामी, विपिन शर्मा, नन्दन यादव, गुल्सन झा र जिसन मक्सुदले एक एक विकेट लिए । यसअघि कर्णालीका लागि शिखर धवनले ७२ रन बनाएका थिए । यो कर्णालीको लगातार दोस्रो हार हो भने काठमाडौंले पहिलो जित हात पारेको छ । शिलापत्र

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु