बढैयातालको वडा न. ८ लाई विवाह मुक्त घोषणा

बढैयाताल , बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ८ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको छ ।

 

Advertisement

३३ औ लैङ्गिक हिसा बिरुद्धको १६ दिने अभियानको अवसरमा आयोजना गरिएको घोषणा सभा तथा सम्मान समारोहमा बढैयाताल गाउँ पालिकाको ८ नम्बर वडा लाई बाल बिवाह मुक्त घोषणा गरिएको हो ।

वडामा गरिएको सर्वेक्षण २० प्रतिशतभन्दा कम १६ प्रतिशत बालबिवाहको अवस्था रहेको र बाल बिवाह सम्बन्धी रणनीति , बाल संरक्षण नीति , बालबिवाह मुक्त अभियान सञ्चालन निर्देशिका , बाल अधिकार संरक्षण समिति बढैयातालको मापदण्ड पुरा भएकोले वडालाई बालबिवाह मुक्त घोषणा गरिएको जनाएको छ ।

८ नम्बर कार्यालयको आयोजनामा सोमबार भएको ऐतिहासिक घोषणा सभामा बाल विवाह मुक्त वडा घोषणा तथा सम्मान समारोह कार्यक्रमका प्रमुख अतिथि लुम्बिनि प्रदेशका भौतिक तथा पुर्वाधार मन्त्रि भुमेश्वर ढकालले पानसमा दिप प्रज्वलन गरि समारोहको उद्धघाटन गर्नु भएको हो । मन्त्री ढकालले शुभकामना मन्तब्य राख्दैे बाल विवाह मुक्त वडा घोष्णा गर्ने जस्तो महान अभियान लाई सफल पार्न भुमिका खेल्ने स्थानिय सरकार , संघ सस्था नागरिक समाज लगाएत लाई सम्मान गर्ने कार्यक्रमले थप हौसाला प्रदान गर्ने बताउनु भयो । बर्दिया जिल्ला अनेकौ सम्भावना बोकेको ऐतिहासिक जिल्लाको भएको र यस जिल्लाको बिकास र समृद्धिको लागि लुम्बिनी प्रदेश सरकारले अगाडी बढाएको बताउनु भयो । प्रदेश स्तरको खेल मैदान बनाउनको लागि भोलिका दिनमा मैदान निमार्णका लागि बजेटको ब्यबस्था गर्ने प्रतिबद्धता समेत मन्त्री ढकालले जनाउनु भयो ।

सब्य र भब्य रुपमा घोषणा गरिएको कार्यक्रममा हामी बाल विवाह प्रति सचेत छौं , हामी लाई बाल विवाह स्वीकार्य छैन , बाल विवाहको निम्तोलाई स्वीकार गर्दैनाै  , हामी बाल अधिकारको सम्मान गर्दछौ , बढैयातालको ८ नम्बर वडा लाई बाल विवाह रहित बनाउन प्रतिबद्ध गछौं, बाल विवाह गर्ने गराउने लाई कानुन बमोजिम कार्वाहरुका लागि पहल गर्ने छौ , विवाह गर्नु पुर्व वडा कार्यालयको अनुमति पत्र लिएर मात्र गर्ने गराउने छौ , आजको मिति देखी बढैयातालको वडा नम्बर ८ लाई बाल विवाह मुक्त वडा भएको घोषण गर्दछौ लगाएतका बुँदा रहेको साझा प्रतिबद्धतामा स्थानिय नागरिक , सरोकार वाला हरुले एक्यबद्धता जनाउदै बाल विवाह मुक्त वडा घोषणा गरिएको वडाले जनाएको छ ।

नेपालको मुलुकी अपराध संहिता ऐन २०७४ ले र बाल अधिरकार सम्बन्धि ऐन २०७५ विवाह गर्ने उमेर २० वर्ष तोकेको छ भने बाल विवाह गर्ने गराउने लाई दण्ड सजायको ब्यवस्था समेत गरेको छ । कानुनको पालना गर्न र गराउनको लागि वडा कार्यालय र बाल विवाह बिरुद्ध काम गर्ने साझेदार सस्था आवाज , बाके युनेस्को कल्ब लगाएतले गरेका घर दैलो सवेक्षण अनुसार २०२४ सम्ममा १६ प्रतिशत बाल विवाहको अवस्था रहेकोल बाल विवाह वडा घोषणा गरिएको वडाले जनाएको छ ।

वडा नम्बर ८ का अध्यक्ष तेजनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्ट अतिथि तथा लुम्बिनि प्रदेशका सभा सदस्य भुवनेश्वर चौधरी, बढैयाताल गाउँ पालिका अध्यक्ष हिमालय त्रिपाठी , , प्लान नेपालका क्षेत्रिय कार्यालय प्रमुख अम्बिका प्रसाद तिमिल्सिना , बाके युनेस्को क्लबका कार्यकारी निर्देशक महेश नेपालीले आजको दिन ऐतिहासिक दिन भएको बताउदै बाल विवाह मुक्त वडा घोषणा गर्न सफल भएकोमा वडा कार्यालय लाई बधाई तथा शुभकामना मन्तब्य घोषणा भएको वडामा बाल विवाह हुन नदिन जनप्रतिनिधि, सरोकार वाला सबैले कानुनको पालना गर्नु पर्नेमा जोड दिएका थिए ।

बाल विवाह अनैतिक , बिकृति र बिसंगतिको रुपमा रहेकोे बताउदै सन २०२५ भित्र बढैयाताल लाई बाल विवाह मुक्त पालिका घोषणा गर्ने लक्ष्य रहेको बताउदै बढैयातालका वडा नम्बर २, ३, ६ , ७ र ५ यस अघि नै बाल विवाह घोषणा भएको र अव छिट्टै वडा नम्बर १ ,४ र ९ पनि तयारी अवस्थामा र बालबिवाह बिरुद्ध बनेका कानुनको पालनना गर्न सबै नागरिक , स्थानिय सरकार लगाएत सरोकार वाला प्रतिबद्धहुनु पर्नेमा उपाध्यक्ष लक्ष्मी अधिकारीले बताउनु भयो ।
गाउँ गाउँ वस्ति वस्ति वाट बिद्यालय वाट बाल विवाह विकासको बाधक हो , विहेवारी २० वर्ष पारी , बाल विवाहको निम्तो लाई म बहिष्कार गर्छु ,मलाई दुलाह होइन किताब देउ , घरेलु हिंसा अन्त्य गरौ जस्ता नारा लगाउदै र पञ्चेवाजा बजाउदै वडा कार्यालयको प्रांगणमा पुगेर कार्यक्रममा लाई आकषर्ण पारिएको थियो ।

घोषणा सभामा लुम्बिनी प्रदेशका मुख्य मन्त्रीका सल्हाकार लक्षमण ज्ञवाली , जिल्ला समन्वय समिति बर्दियाका संयोजक शंकर चौधरी , बढैयाताल गाउँपालिकाका निवर्तमान अध्यक्ष लाल बहादुर श्रेष्ठ , कार्यपालिका सदस्यहरु , वडाध्यक्षहरु कार्यकारी प्रमुख अर्जुन सुबेदी , बढैयातालका स्थानिय राजनितिक दलका प्रतिनिधिहरु , पुर्व जन प्रतिनिधि , उद्योग बाणिज्य संघ बढैयातालका अध्यक्ष बालकृष्ण लामिछाने , सारदा बहुमुखि क्याम्सका अध्यक्ष प्रेमराज त्रिपाठी , ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरिक्षक राजेश शाहु , स्थानिय बिद्यालयका प्रधानाध्यापकहरु , बि .ग्रुपका प्रतिनिधि , टोल विकासका अध्यक्षहरु , स्थानिय बड्घर , नगारिक समाजका प्रतिनिधि स्थानिय बाल क्लब , महिला समुह , युवा क्लब सहकारी, सामुदायिक बनका प्रतिनिधि , बिद्यार्थी , कर्मचारी , पत्राकार लगाएतको सहभागिता रहेको जनाएको छ ।

घोषणा सभामा स्वागत मन्तब्य ८ नम्बर वडाका सदस्य दिल्ली प्रसाद गौतम र संचालन हिक्मत सुनारले गर्नु भएको घोषणा सभामा नेपाल आइडल करण परियार , गोचाली यूवा क्लब , र बर्दिया एकेडेमिका बिद्यार्थि द्धारा सन्देश मुलक नाटक प्रस्तुत गरिएको थियो भने स्थानिय थारु समुदायको मयुर नाच , पञ्चेवाजा समुह , मुस्लिम समुदायको बाजा , लगाएतका बिभिन्न सस्कृति झल्किने मनोरञ्नात्मक प्रस्तुति गरिएको उक्त कार्यक्रममा कार्यक्रम लाई आकषण बनाउन बिभिन्न सस्कृति झल्किने मनोञ्जनात्क प्रस्तुति गरिएको थियाे । घोषणा सभाकाे अबिरमा  बाल विवाह मुक्त गर्ने अभियानमा सहयोग गर्ने संघ संस्था लगाएत ब्यक्तिहरु लाइ सम्मान पत्र र दोसल्ला वाट सम्मान गरिएको वडाले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु