बर्दिया- मधुवन नगरपालिका-३ कोठियाघाटपुलस्थित सडकमा लु.प्र.०१००३ प १६९२ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा चालक ठाकुरबाबा नगरपालिका-५ भुरिगाउँ घर भएका २५ वर्षीय सुरेन्द्र थारूको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो ।