काठमाडौं- कैलाली, बर्दगोरिया गाउँपालिका-२ बौनिया बस्ने द्वारिका प्रसाद धमलाको धमला ट्रेडर्सको कपडाको गोदाममा करेन्ट सर्ट भई मंगलबार राति आगलागी हुँदा करिब ८० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
झापा, गौरादह नगरपालिका-४ डोरामारी बस्ने खड्ग बहादुर कार्कीको गोठमा मंगलबार राति आगलागी हुँदा गोठ, गोठभित्र रहेका चौपाया र नजिकै पार्किङ गरी राखिएको २ थान मोटरसाइकल समेत पूर्णरूपमा जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
Advertisement
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।