धरान । प्रहरीले धरान उपमहानगरपालिका–१३ शिवधाराबाट गएराति प्रहरीले ६ सय किलो गाँजा बरामद गरेको छ ।
गाँजा बरामद गर्ने क्रममा प्रहरीले चार राउण्ड गोलीसमेत प्रहार गरेको छ । धनकुटाबाट धरानतर्फ आउँदै गरेकोे अवस्थामा प्रहरीले बा १ झ ५१२७ र बा१झ ४६०५ सरकारी नम्बर प्लेटका दुईवटा जिपलाई गएराति नियन्त्रणमा लिएको थियो ।
Advertisement
दुवै जिपलाई रोकेर जाँच गर्न खोज्दा चालक भाग्न खोजेपछि प्रहरीले गोली हानेर गाँजा बरामद गरेको थियो ।
पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा–११ का ३६ वर्षीय श्यामकुमार विक रहेका छन् । उनलाई इलाका प्रहरी कार्यलय धरानमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








