बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहबाट ३ सय ४० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
इलाका प्रहरी कार्यलाय मैनापोखरबाट खटिएको प्रहरी टोलिले बाँके कोहलपुर नगरपालिका-१५ चौधरीया गाउँ बस्ने २८ वर्षीय अभिमन्यु चौधरी र ३५ वर्षीय गणेश थारूलाई पक्राउ गरेको हो । भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका उनीहरूलाई चेकजाँच गर्दा लागुऔसधसहित पक्राउ गरेको छ ।









