२१ मंसिर , बर्दियाको बढैयातालमा बृहत रक्त दान गरिएको छ ।
Advertisement
३३ औ अन्तर्राष्ट्रिय अपांग दिवसको सन्दर्भमामा बढैयाताल गाउँपालिका र अपांग समन्वय समिति बढैयातालको संयुक्त आयोजनामा तथा स्थानिय बिभिन्न संघ संस्थाको सहकार्यमा बृहत रक्तदानको कार्यक्रम गरिएको हो ।
शुक्रवार बढैयाताल गाउँपालिकाको प्रांङ्गणमा स्थानिय जन प्रतिनिधि , कर्मचारी , संघ संथाका प्रमुख , नागरिक समाजका संयोजक लगाएतको उपस्तिथीमा भएको , बृहत रक्तदान कार्यक्रको शुभारम्भ बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले गरेका जनाएको छ ।

रक्तदान कार्यक्रममा १सय १ पटक सम्म रक्तदान गरेका नेपालगंजका पवन जयसवालले बढैयातालमा भएको बृहत रक्तदान कार्यक्रमा रक्तदान गरेर १ सय २ पर्याएका छन । जयसवाल यसै गरि ६ जना महिला र ६४ जना पुरुष गरि ७० जनाले रक्तदान गरेका बलड बैक नेपालगंजका उपेन्द्र रेग्मीले जनाएका छन् ।

नेपाल रेडक्रस सोसाइटी नेपालगंज र ल्बड बैंक नेपालगंजका प्राबिधिकको सहयोग र ढैयाताल स्थित उद्योग बाणिज्य संघ खानेपानी माहासंघ नेपाल रेडक्रस उपशाखा बढैयाताल , सहकारी संजाल , सामुदायिक बन महासंघ , शिक्षक महासंघ , नोपल स्वय सेवी , रक्तदाता समाज , यूवा सञ्जाल , बर्दिया अपांग पुनस्र्थापना केन्द्र , ईलाका प्रहरी कार्यालय मैनापोखर लगाएतका संघ संस्थाको सहकार्यमा भएको रक्तदान कार्यक्रमा सय पुर्याउने लक्ष्य राखी आयोजना गरिएको जनाउदै ७० जनाले रक्त दान गर्नु पनि उपलब्धीको रुपमा लिएको बढैयातालका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदीले जनाएका छन् ।

रक्त दान जीवन दान भन्ने सन्देशका साथ गरिएको रक्तदान अभियानमा सहभागि भई रक्तदान गर्ने हरु लाई प्रमाण पत्रको समेत प्रदान गरिएको रक्त दाता समाज बढैयातालका अध्यक्ष कृष्ण बि.क.ले जनाएका छन् ।









