काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित निकालेको छ ।
Advertisement
शनिबार लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले एनपीएलमा लगातार तेस्रो जित दर्ता गरेको हो । सुदूरपश्चिम रोयल्सले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४२ रन मात्रै बनाउन सक्यो ।
लुम्बिनी लायन्सका विवेक यादवले सर्वाधिक ७७ रनको योगदान दिए । ५४ बल खेलेका विवेकले ७ छक्का र ३ चौका प्रहार गरे । यस्तै, सन्दिप जोराले २० र दिनेश अधिकारीले १४ रन जोडे । यस्तै, टम मोरेस र सूर्य तामाङ ७-७, कप्तान रोहित पौडेल ५ र उन्मुक्त चन्द ४ रनमा पभिलियन फर्केका थिए ।
लुम्बिनीका साद बिन जाफर, अर्जुन साउद र रामोन सिमण्ड्स शून्य रनमै पभिलियन फर्किएका थिए ।
सुदूरपश्चिम रोयल्सका सैफ जैब र ब्रान्डन म्याकमुलेनले समान ३-३ तथा स्कट क्रिष्टोफरले २ र अविनाश बोहोराले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८७ रनको योगफल तयार पारेको थियो । सुदूरपश्चिम रोयल्सका लागि सैफ जैबले सर्वाधिक ९० रनको योगदान दिए । ६१ बल खेलेका जैबले ६ चौका र ५ छक्का प्रहार गरेका थिए ।
यस्तै, ब्रान्डन म्याकमुलेनले २३ र विनोद भण्डारीले १७ रन जोड्दा आरिफ शेष शून्य रनमै पभिलियन फर्किएका थिए । यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरी ३९ र स्कट ११ रनमा अविजित रहे ।
लुम्बिनीका लागि रामन सिमण्ड्सले २ तथा रोहित पौडेल र विवेक यादवले समान १-१ विकेट लिए ।
योसँगै लुम्बिनी लायन्सले एनपीएलमा लगातार तेस्रो हार ब्यहोरेको छ । लुम्बिनी यसअघि पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेट र दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले पराजित भएको थियो । शिलापत्र









