गलकोटका दुई सडक कालोपत्र गरिँदै

 

ढोरपाटन/ रासस-बागलुङ गलकोटका दुई सडकमा कालोपत्रे गर्न थालिएको छ।

Advertisement

संघीय सरकारको एकीकृत सहरी पूर्वधार विकास कार्यक्रमअन्तर्गत गलकोट नगरपालिका–२ को नरेठाँटीबाट दुदिलाभाटीसम्मको दुई किलोमिटर र वडा नम्बर ३ को हटिया बजारबाट कोटघरसम्मको एक किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्र गर्न थालिएको हो।

सडकसँगै सघन सहरी विकास तथा भवन निर्माण कार्यालयले चालु आर्थिक वर्षमा गलकोट–२ नरेठाँटीमा आधुनिक शौचालय, वडा नम्बर ५ मा सडक ढलान र वडा नम्बर ३ को कार्यालय निर्माण गरिरहेको छ। आयोजनाको सबै काम सात करोड ६५ लाखमा सम्पन्न गरिने उक्त कार्यालयका इञ्जिनियर शंकर पोखरेलले बताए।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु