१९औं एसियाडः नेपाल भारतसँग २३ रनले पराजित

 

१६ असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा मंगलबार भएको खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ। भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएपछि जवाफमा नेपालले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर १७९ रन मात्र बनायो । नेपालले बलिङमा अन्तिम ओभरमा २५ रन खर्चिएको थियो ।

Advertisement

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले १५ बल खेल्दै ४ चौका मदतमा सर्वाधिक ३२ रन बनाए । यस्तै सन्दिप जोरा र कुशल मल्लले समान २९ रन बनँए । जोराले १२ बलमा १ चौका र ३ छक्का प्रहार गर्दा २२ बल खेलेका कुशल मल्लले २ चौका र २ छक्का प्रहार गरे । कुशल भुर्तेलले ३२ बल खेल्दै ४ चौका र १ छक्का मदतमा २८ रन जोडे । आसिफ शेखले ६ बलमा १० रन बनाए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु