काठमाडौं । नेपाली बजारमा आज आइतबार सुन–चाँदीको भाउ प्रतितोला चार सय रूपैयाँ घटेको छ। घटेको छ।
अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार छ रूपैयाँ घटेको सुनको भाउ आज फेरी घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।
Advertisement
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ९० रूपैयाँमा कारोबार भएको थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।









