५ र ३ वर्षका छोरा र आमा झुण्डिएको अवस्थामा फेला

नुवाकोट। किस्पाङ गाउँपालिका वडा –१ भाल्चे गाउँको नुचेतमा २३ वर्षीय चन्दीमाया तामाङ र नाबालक छोराहरू ५ वर्षका रोशन र ३ वर्षका रोमन आफ्नै घरभित्र झुण्डिएको अवस्थामा फेला परेका छ्न्न् ।

आज बिहान ९ बजेको समयमा उनिहरु मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको नेतृत्वमा छानविन गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार घटना कारुणिक र गम्भीर प्रकृतिको भएकाले यसको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु