कृषि ज्ञान केन्द्र, बाँकेको अनुरोधः असोज १८ गतेसम्म धान नकाट्नु

नेपालगन्ज । जल तथा मौसम बिज्ञान विभाग, मौसम पूर्बानुमान महाशाखाले असोज १८ गते बिहिबारसम्म मध्यमदेखि भारी बर्षाको सम्भावना रहेको भन्दै तत्काल धान नकाट्न र काटिसकेको भए भित्रयाई हाल्न अनुरोध गरेको छ । खेतमा तयार भइसकेको धान बर्षाका कारण क्षति हुनसक्ने भन्दै कृषि ज्ञान केन्द्र, बाँकेले मोबाईल फोनमा सन्देशा पठाएर सचेत गराई रहेको छ ।

आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । त्यस्तै। राति गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्बानुमान महाशाखाले जनाएको छ।

Advertisement

असोज १७ गते कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु