नेपालगन्जमा कम्पोष्टमा आधारित प्राङ्गारिक तथा जैबिक मल उत्पादन तालिम संञ्चालन

नेपालगन्ज, २३ मंसिर २०८१
नेपालगन्जमा भर्मीकम्पोष्टमा आधारित प्राङ्गारिक तथा जैबिक मल उत्पादन प्राशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ ।

८ दिनसम्म चल्ने तालिमको, नेपालगन्ज उपमहानगरपालिकाका वडा नंं ४ का अध्यक्ष तथा आर्थिक बिकास समितिका संयोजक गोपाल पुनको अध्यक्षता तथा नगर प्रमुख मेयर प्रशान्त बिष्टको प्रमुख अतिथ्यतामा हिजो आईतबार औपचारित रुपमा उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख बिष्टले कृषि क्षेत्रका लागि आवश्यक बजेट तथा कार्यक्रमका कार्यन्वयनमा आफु प्रतिबद्ध रहेको बताए । आगमी दिनमा कृषि सम्बन्धि कार्यक्रमलाई प्रथामिकता दिने उहाँको भनाई थियो ।

Advertisement

यस्तै वडा नंं ४ का अध्यक्ष तथा आर्थिक बिकास समितिका संयोजक गोपाल पुनले कृषि पेशा सबैको साझा पेशा भएकाले कृषि सम्बन्धि ज्ञान सबैलाई हुन आवश्यक रहेको उनले बताए । तालिम प्राप्त प्रबिधिकले मात्रै आरुलाई कृषि सम्बन्धि ज्ञान दिनसक्ने भएकाले यो तालिम महत्वपुर्ण रहेको उहाँको भनाई थियो ।

 

तालिममा नेपालगन्ज उपहानगरपालिकाका प्रत्येक वडाबाट एक एक जना दक्ष कृषि प्रबिधिक प्रशिक्षक तयार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको समाजिक बिकास शाखा प्रमुख कृष्ण प्रसाद जोशीले बताए । उनले भने, “अहिले तरकारी तथा अन्नबालीमा अत्याधिक मात्रमा रसायनिक बिषादी तथा मल प्रयोग भैरहेको छ । जसको प्रभाव मानव स्वास्थ्यमा एकदमै नकारात्मक छ । यो तालिमले केही हदसम्म रसायनिक बिषादीको प्रयोगलाई न्युनिकरण गरी घर घरबाट निस्कनले सड्नेगल्ने फोहर तथा गाईबस्तुको गोबर, मुत्रबाट प्राङ्गारिक तथा जैबिक मल उत्पादन गरी अर्गनिक तरकारी तथा अन्न उत्पादनमा टेवा पु¥याउने छ ।” तालिममा सहभागीलाई प्राङ्गारिक तथा जैबिक मल तथा बिषादी बनाउनका लागि फिल्ड भिजित गराई प्राक्टिकल समेत गराइने छ । तालिममा सिकेका ज्ञान प्राबिधिकहरु आ आप्mनो वडाका स्थानीयलाई पनि सिकाउने बताइएको छ । जसबाट कौसी, गमला र पुष्पा खेतीलाई समेत टेवा पु¥याउने शाखा प्रमुख जोशीले बताए । उपमहानगरपालिकाबाट कृषि सम्बन्धि कुनै कार्यक्रम संञ्चालन गर्दा पनि ती प्रबिधिक प्रशिक्षकहरुलाई प्रयोग गर्न सकिने उद्देश्य समेत राखिएको छ । कार्यक्रममा नेपालगन्ज उपहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर खड्काले स्वास्गत मन्तव्य दिएका थिए । यस्तै कार्यक्रममा समाजिक बिकास समितिका संयोजक अमृता सिंह, समाजिक बिकास शाखाका अधिकृत शान्ती केसी, कृषि प्रबिधि भवन पन्त लगायत्को सहभागिता थियो । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा भैरहेको तालिमको प्रशिक्षण बरिष्ठ कृषि प्रशिक्षक केशवराज काप्mलेले दिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु