काठमाडौं । रौतहटको पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका-४ धन्सार पुल नजिकैको जंगलमा निजगढबाट चपुरतर्फ आउँदै गरेको बा१६ च ३१६२ नं.को स्कारपियो दुर्घटना हुँदा हुँदा ८ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
Advertisement
दुर्घटनामा मृत्यु हुनेहरूमा सिराहा अर्नामा गाउँपालिका-३ बंठियाटोलका ६० वर्षीया लरुवतीदेवी महरा सोही ठाउँकी ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगींदेवी महरा, ६२ वर्षीया फुलमन्तिदेवी चमार, ६० वर्षीया रामकुमारीदेवी महरा, ३० वर्षीया सकुन्तलादेवी महरा र सोही गाउँपालिका-५ बलुवाटोलका ४० वर्षीय स्कारपियो चालक श्रीकुमार यादव रहेका छन् ।









